कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.५५°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

नेपाल र अमेरिकाबीच भएका सबै सन्धिको प्रभावकारी कार्यान्वयनमा भूमिका निर्वाह गर्छु : खतिवडा

कान्तिपुर संवाददाता

काठमाडौँ — संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडाले नेपाल र अमेरिकाबीच भएका सबै सन्धि, सम्झौतालाई प्रभावकारी रूपमा अगाडि बढाउन आफूले भूमिका खेल्ने बताएका छन् । संघीय संसद्को संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकमा संसदीय सुनुवाइका क्रममा खतिवडाले उक्त धारणा राखेका हुन्। 

नेपाल र अमेरिकाबीच भएका सबै सन्धिको प्रभावकारी कार्यान्वयनमा भूमिका निर्वाह गर्छु : खतिवडा

आफ्ना अनुभव र कार्ययोजनाको बारेमा जानकारी दिने क्रममा प्रस्तावित राजदूत खतिवडाले राजदूत भएर अमेरिका गएपछि दुई देशबीचको आर्थिक सहकार्यलाई थप बल दिनेमा जोड दिए ।

'नेपाल र अमेरिकाबीच भएका सबै सन्धि सम्झौतालाई आपसी सहकार्यमा अगाडि बढाउन भूमिका निर्वाह गर्नेछु । दुई देशबीचका सम्झौता र सन्धिहरूलाई व्यवस्थित गर्दै कार्यान्वयनमा लैजानका लागि म भूमिका निर्वाह गर्नेछु,' प्रस्तावित राजदूत खतिवडाले भने ।

खतिवडाले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषका केन्द्रीय कार्यालय अमेरिकामा रहेका र ती संस्थामा अमेरिकाको बोलबाला रहेकाले त्यहाँबाट नेपालमा लगानीका लागि आफूले भूमिका खेल्ने बताए । एसियाली विकास बैंकमा पनि अमेरिकी सरकारको कुरा चल्ने भएकाले आफूले त्यहाँबाट लगानी ल्याउन राजदूतका रूपमा आफूले भूमिका खेल्ने उनको धारणा थियो ।

पूर्वअर्थमन्त्रीसमेत रहेका खतिवडाले आफूले आर्थिक कूटनीतिमा जोड दिने धारणा राखेका थिए ।

नेपाल र अमेरिकी सरकारबीच भएको एमसीसी सम्झौता संसदमा रहेको छ । यसबारे भने खतिवडाले प्रत्यक्ष रूपमा केही बोलेनन् । उनले दुई देशबीच भएका सम्झौता कार्यान्वयनमा आफूले जोड दिने कुरा भने राखेका छन् ।

सत्तारुढ सांसदहरूले एमसीसीबारे धारणा राखेका छन् ।

अमेरिकाका लागि प्रस्तावित राजदूत खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत लोकदशर्न रेग्मी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत निर्मलकुमार विश्वकर्माको संसदीय सुनुवाइ चलिरहेको छ । उनीहरूलाई संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ ।

प्रकाशित : कार्तिक २७, २०७७ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?