कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोनबाट धम्क्याएर रकम असुल्न खाेज्ने ४ जना पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडाैं उपत्यका लगायतका विभिन्न स्थानमा बस्ने व्यवसायीहरुलाई फोन गरी नेकपा माओवादी, नेत्रविक्रम चन्द समूहको पूर्व जिल्ला सेक्रेटरी र कार्यकर्ता हौं भन्दै चन्दा माग्ने ४ जना पक्राउ परेका छन् ।

फोनबाट धम्क्याएर रकम असुल्न खाेज्ने ४ जना पक्राउ

३ करोड रूपैयाँ चन्दा माग्दै उनीहरूले भने बमोजिम चन्दा नदिएमा भौतिक कारबाही समेत गर्ने धम्की दिँदै व्यवसायी कार्यरत कार्यालय र बसोबास गर्ने स्थानको निगरानी गरी जबरजस्ती रकम माग गरेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको विशेष प्रहरीकाे टोलीले अनुसन्धान तथा खोजतलास गर्ने क्रममा साेमबार उनीहरूलाई पक्राउ गरेकाे हाे ।

काठमाडाैं जिल्लाका विभिन्न स्थानहरुबाट नुवाकाेट ककनी गाउँपालिका–०२ का ३३ वर्षीय बिन्तोष सिलवाल, रामेछाप सुनापती गाउँपालिका–३ का ३१ वर्षीय रामदल श्रेष्ठ, काभ्रे तिमाल गाउँपालिका–०५ का ५२ वर्षीय तिर्थमान तामाङ र चितवन भरतपुर महानगरपालिका–१३ का ४२ वर्षीय नन्दुराज आचार्य पक्राउ परेका हुन् ।

प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई आपराधिक लाभ लिन नहुने कसुरमा मुद्धा दर्ता गरी काठमाडाैं जिल्ला अदालतबाट ३ दिनको म्यादसमेत प्राप्त भइ महानगरीय प्रहरी परिसर, काठमाडाैंबाट थप अनुसन्धानकाे काम भइरहेकाे प्रहरीले बताएकाे छ ।

प्रकाशित : कार्तिक २५, २०७७ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?