कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धुम्बाराहीमा छलफल गर्नुअघि ओलीलाई भेटे दाहालले

कान्तिपुर संवाददाता

काठमाडौँ — पार्टी मुख्यालय धुम्बाराहीमा सचिवालयका बहुमत सदस्यबीच छलफल हुनुअघि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । 

धुम्बाराहीमा छलफल गर्नुअघि ओलीलाई भेटे दाहालले

दाहालले मंगलबार दिउँसो ४ बजे पार्टी मुख्यालय धुम्बाराहीमा सचिवालयका सदस्यलाई छलफलका लागि बोलाएका छन् । त्यसअघि ओलीले भेट्न बोलाएपछि दाहाल बालुवाटार पुगेका थिए ।

ओलीसँगको भेट सकिएपछि दाहाल धुम्बाराही पुगेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । यद्यपि दुई अध्यक्षबीचको छलफलमा के भयो भन्ने जानकारी आइनसकेको छैन ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले धुम्बाराहीमा सचिवालयका सदस्यबीच अनौपचारिक छलफल हुने बताए । श्रेष्ठका अनुसार छलफलका लागि सचिवालयका सबै सदस्यलाई खबर गरिएको छ ।

कात्तिक २१ मा पार्टी कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष दाहालले बोलाएको अनौपचारिक बैठकमा पार्टीको औपचारिक बैठकको सहमतिका लागि ओलीलाई लिखित पत्रसहित सामूहिक भेटेर आग्रह गर्ने निर्णय गरेका थिए । त्यही निर्णयअनुसार कात्तिक २२ मा पुन: धुम्बाराहीमा छलफलपछि दाहालसहितका बहुमत सदस्य ओलीलाई दुई पेज लामो पत्र बुझाउन बालुवाटार गएका थिए ।

औपचारिक बैठकको सहमतिका लागि लिखित आग्रह गर्दै बालुवाटार जाने पाँच नेतामा कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ थिए ।

अध्यक्ष दाहालले पत्र बुझाउँदै दुई दिनभित्र बैठकका लागि सहमति दिन प्रधानमन्त्री ओलीलाई समय दिएका थिए । तर, दुई दिनको समयसीमा सकिँदा पनि ओली बैठकका लागि तयार नभएपछि मंलगबार तिनै सचिवालयका सदस्यबीच छलफल हुने भएको हो ।

प्रकाशित : कार्तिक २५, २०७७ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?