कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारविरुद्ध अविश्‍वासको प्रस्ताव काल्पनिक कुरा हो, सम्भव छैन : मन्त्री भट्टराई

आनन्द गौतम

ताप्लेजुङ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सरकार विरुद्धको अविश्वासको प्रस्ताव काल्पनिक कुरामात्रै भएको बताएका छन् । पार्टी नेतृत्वबीच केन्द्रमा विवाद चलिरहँदा गृहजिल्ला ताप्लेजुङमा एक साता बसाइका लागि आएका मन्त्री भट्टराईले पार्टी नफुट्ने दाबी पनि गरे ।

सरकारविरुद्ध अविश्‍वासको प्रस्ताव काल्पनिक कुरा हो, सम्भव छैन : मन्त्री भट्टराई

‘नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहास मूलत: विभाजनको इतिहास छ,’ भट्टराईले थपे, ‘पछिल्लो समय त्यो बद्लिएको छ विभाजन सजिलो कुरा हो एकता बडो कठिन कुरा हो । कठिन भए पनि राष्ट्रको आवश्यकताले त्यो कठिन बाटो हिँड्नै पर्छ ।’ एकताको बाटो सुरुआत गर्दा पार्टीलाई जहाँ पुर्‍याउने भनिएको थियो त्यहाँ पुर्‍याउनु पर्नेमा उनको जोड छ ।

विभाजित कम्युनिष्ट पार्टीलाई एक गर्ने पार्टी भएकाले फर्कने पुल भत्किसकेकाले अगाडिको बाटोमा समस्या आए हल गर्दैजानुपर्नेमा उनले जोड दिए । ‘अलिकति बृहत् सहमति कायम गर्दै जानुपर्छ,’ उनले भने, ‘एउटै मान्छे सधैं अध्यक्ष हुँदैन उसले छोड्नुपर्छ तर एउटा प्रकृयाबाट ।’

कम्युनिष्ट पार्टी लोकतान्त्रिक विधिबाटै बनेको पार्टी भएकाले नयाँ अध्यक्ष पनि विधि, पद्धतिबाट आउनु पर्ने उनले बताए । ‘नयाँ नेतृत्व आउन पनि विधि पद्धतिबाट आउनु पर्छ, भएको अध्यक्षले पनि विधि, विधान, पद्धतिबाट पार्टी चलाउनु पर्छ,’ भट्टराईले भने, 'त्यो भन्दा बाहिर जाने छुट कसैलाई छैन ।’

प्रकाशित : कार्तिक २१, २०७७ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?