कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तिहारलगत्तै देशभरका अदालत पूर्ण रुपमा खुल्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — तिहार बिदा सकिएलगत्तै देशभरका अदालतबाट सबै कामकारबाही सुुरु हुने भएको छ । कोरोना संक्रमणको जोखिमका कारण केही महिनायता सर्वोच्च अदालतबाट निश्चित मुद्दाको मात्रै सुनुवाइ हुने गरेको थियो ।

तिहारलगत्तै देशभरका अदालत पूर्ण रुपमा खुल्ने

सर्वोच्च अदालतले मंगलबार एक सूचना जारी गरी आगामी मंसिर २ गतेदेखि मुद्दाका सबै कामकारबाही नियमित रुपमा सुुरु हुने जनाएको हो । त्यसका लागि सर्वोच्च अदालतले केही मापदण्ड पनि तोकेको छ ।

सर्वोच्चका अनुसार, मुद्दाको सुनुवाइका लागि पक्ष/विपक्षीको तर्फबाट एक/एक कानुन व्यवसायी र उनीहरुका एक/एक कानुन व्यवसायी मात्रै सहभागी हुन पाउने छन् । तीभन्दा बढी भएमा बहस नोट पेस गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

सर्वोच्चले इजलासमा उपस्थित हुने कानुन व्यवसायीले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र त्यो हटाउन नहुने नियम बनाएको छ । इजलास अधिकृतले समेत त्यसको पालना गर्नुपर्नेछ । सर्वोच्चले सम्भव भएसम्म ‘प्लास्टिकको भाइजर’ समेत लगाउन भनेको छ ।

मुद्दाको बहसका क्रममा आवाज कम हुने भएमा पोडियममा माइकको पनि व्यवस्था गर्ने भएको छ । अनि सार्वजनिक सरोकारको विषयमा हुने बहसमा नेपाल बार एसोसिएसनको भवनबाट श्रव्य दृश्य माध्यमबाट बहसको व्यवस्था गरिने भएको छ ।

कानुन व्यवसायीहरु पालो आएपछि मात्रै इजलासमा पस्न पाउने भएका छन् । अनि मुद्दाका क्रममा न्याय प्रशासन सम्बन्धी काम अब अदालतको झ्यालबाट हुने भएकाले छ । सर्वोच्चले बहस नोट र मुद्दा स्थगितको निवेदन दिन इमेलको व्यवस्था गरेको छ ।

प्रकाशित : कार्तिक १८, २०७७ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?