कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बारामा कांग्रेस नेता मण्डलसहित दुई कोरोना संक्रमितको मृत्यु

लक्ष्मी साह

बारा — बारामा कोरोना संक्रमित २ जनाको शनिबार मृत्यु भएको छ । नेपाली कांग्रेसका महासमिति सदस्य आदर्शकोतवाल गाउँपालिका–५ का स्थानीय नेता ४५ वर्षीय मदन मण्डल र निजगढ नगरपालिका–८ का ६२ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

बारामा कांग्रेस नेता मण्डलसहित दुई कोरोना संक्रमितको मृत्यु

योसँगै जिल्लामा २५ जनाको कोरोनाले मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादवले बताए । मण्डललाई घटस्थापनादेखि रुघाखोकी र ज्वरो आएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि कोल्हवीस्थित क्वारेन्टाइनमा बसेर जाँच गराउँदा कोरोना पुष्टि भएको थियो ।

त्यहाँबाट थप उपचारको लागि वीरगन्ज नारायणी अस्पताल लग्दा त्यहाँ पनि उपचार हुन नसकी थप उपचारको लागि काठमाडौं लग्ने क्रममा शनिबार राति बाटामै मृत्यु भएको मण्डलका छिमेकी महेन्द्र यादवले बताए । यसैगरी निजगढका पुरुष वीरगन्जको बाबा होटेलको आइसोलेसनमा रहँदा मृत्यु भएको हो ।

प्रकाशित : कार्तिक १६, २०७७ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?