कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कलाकार सुशीला दाहालको निधन 

कान्तिपुर संवाददाता

काठमाडौँ — कलाकार सुशीला दाहालको ६७ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो वर्षयता अमेरिका बस्दै आएकी उनको क्यान्सरको कारण‍ बिहीबार 'बस्टन'मा निधन भएको कलाकार हरिवंश आचार्यले बताए । 'मह जोडी'सँग उनले चर्चित टेलीश्रृंखला 'लालपूर्जा', 'चिरञ्‍जीवी', 'भकुन्डे भुत' लगायतमा अभिनय गरेकी थिइन् । 

कलाकार सुशीला दाहालको निधन 

'हाम्रो हिट सिरियल लालपूर्जामा उहाँले मेरो आमाको भूमिका निभाउनु भएको थियो । 'चिरञ्‍जीवी' भन्ने सिरियलमा मेरो छोरीको भूमिका निभाउनु भएको थियो । उहाँ असाध्यै मिलनसार हुनुहुन्थ्यो,' हरिवंश सम्झन्छन्, 'सुटिङमा पनि सहयोगी भावना राख्नुहुन्थ्यो । एकदमै सकारात्मक सोचको व्यक्ति हुनुहुन्थ्यो । उहाँ मलाई भाइ भनेर सम्बोधन गर्नुहुन्थ्यो । मलाई पनि उहाँ आफ्नै दिदीजस्तो लाग्थ्यो । राम्रो अभिनय गर्ने कलाकारमा पर्नुहुन्थ्यो ।'

उनी अमेरिका बस्न थालेको ९/१० वर्ष भएको थियो । अमेरिकामा दुई पटक उनीसँग हरिवंशको भेट भएको थियो । 'चार वर्षअगाडि मात्रै अमेरिका गएको बेलामा उहाँसँग भेटेका थियौं । हाम्रो कार्यक्रम हेर्न आउनु भएको थियो,' उनले सुनाए, 'उहाँलाई क्यान्सर भएको रहेछ । कस्तो हुनुहुन्छ ? भनेर सोध्दा मलाई ठीक हुन्छ भाइ क्यान्सरसँग लड्दै छु भन्नुहुन्थ्यो । क्यान्सर लागेर पनि झण्डै झण्डै ७/८ वर्ष बाँच्नुभयो दिदी । आज बिहान उहाँको निधनको खबर सुनें । निकै मर्माहित बनायो ।'

अमेरिका जानुअघि सुशीलाले नेपाली फिल्ममा अभिनय गर्थिन् । उनको निधनको तीन दिनअघि श्रीमान् बद्री दाहालको पनि अस्ट्रेलियामा मृत्यु भएको परिवार स्रोतले जनाएको छ । सुशीलाका एक छोरा र एक छोरी छन् ।

प्रकाशित : कार्तिक १४, २०७७ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?