कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकामा २४ घण्टामा थपिए १ हजार ६१५ कोरोना संक्रमित

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ६१५ कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दिएको जानकारी अनुसार संक्रमितमा ७०४ महिला र ९११ पुरुष रहेका छन् । 

उपत्यकामा २४ घण्टामा थपिए १ हजार ६१५ कोरोना संक्रमित

काठमाडौंमा १ हजार ३३८, भक्तपुरमा ९७ र ललितपुरमा १८० जना नयाँ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा बिहीबार देशभर भने कोरोना संक्रमित २ हजार ३६४ जना थपिएका छन् । हालसम्म नेपालमा १ लाख ६४ हजार ७१८ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ३ हजार ३८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ९५२ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख १९ हजार ६४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ९ हजार ७६९ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ६८९ जना रहेका छन् ।

प्रकाशित : कार्तिक १३, २०७७ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?