कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २१ गते बस्‍ने

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २१ गते बस्ने भएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी कात्तिक २१ गते सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिएका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २१ गते बस्‍ने

उक्त बैठक पार्टीको आगामी १४औं महाधिवेशनको तयारीका बारेमा केन्द्रित रहने पनि मुख्य सचिव पौडेलले जानकारी दिएका छन् । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन अनुरोध गरिएको छ ।

बैठकमा फागुन ७ मा पार्टीको महाधिवेशन सम्पन्न गर्नेगरी बाँकी कार्यतालिका हेरफेर गर्ने, फागुनमा महाधिवेशन सम्पन्न हुन नसक्ने अवस्थामा कति समयपछि गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल हुन सक्ने बताइएको छ ।

यसअघि पहिलो पटक असोज १९ गतेका लागि बोलाइएको बैठक केही केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो । दोस्रो पटक असोज २५ गतेका लागि बैठक बोलाइएको भए पनि पार्टीका पूर्व कोषाध्याक्ष रामबाबु प्रसाईंको निधन भएपछि स्थगित भएको थियो ।

प्रकाशित : कार्तिक १३, २०७७ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?