कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय सेनाध्यक्ष कात्तिक १९ गते नेपाल आउने

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कात्तिक १९ गते नेपाल आउने भएका छन् । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार विज्ञप्ति जारी गर्दै भारतीय सेनाध्यक्ष नरवणेको भ्रमणतालिकाबारे जानकारी गराएको हो ।

भारतीय सेनाध्यक्ष कात्तिक १९ गते नेपाल आउने

सेनाध्यक्ष नरवणे चार सदस्यीय भ्रमण दलका साथ नेपाल आउने पनि नेपाली सेनाले जनाएको छ । उनी तीन दिन नेपाल बस्नेछन् ।

नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । साथै भारतीय सेनाध्यक्षले रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।

साथै भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष नरवणेले काठमाडौंस्थित सैनिक मञ्‍चको वीर स्मारकमा श्रद्धाञ्‍जली अर्पण तथा जंगी अड्डामा सम्मान गारद निरीक्षण र समकक्षी महारथी पूर्णचन्द्र थापासँथ छलफल गर्ने कार्यक्रम रहेको छ ।


प्रकाशित : कार्तिक ११, २०७७ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?