कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपतिले प्रधानमन्त्रीलाई लगाइदिइन् दसैंको टीका 

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैंको टीका लगाइदिएकी छन् । श्रीमती राधिका शाक्यसहित प्रधानमन्त्री ओली राष्ट्रपतिबाट दसैंको टीका ग्रहण गर्न शितल निवास पुगेका थिए । 

राष्ट्रपतिले प्रधानमन्त्रीलाई लगाइदिइन् दसैंको टीका 

दसैंको अवसरमा सोमबार राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई दसैंको टीका लगाइदिएकी हुन् । प्रधानमन्त्री ओलीले श्रीमती शाक्यलाई पनि टीका लगाइदिएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पारिवारिक रूपमा मात्रै दसैं मनाउन दसैंको विशेष सम्बोधनमा आग्रह गरेअनुसार नै प्रधानमन्त्रीले दसैं मनाएको बताए ।

कोरोना भाइरसको संक्रमण बढिरहेको र यसको रोकथामको लागि भीडभाड नगर्नुपर्ने भएकाले प्रधानमन्त्रीले यसपटक सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम यसअघि नै नराखिएको थापाको भनाइ छ ।

राष्ट्रपति भण्डारीले भने आमा मिथिला पाण्डेका हातबाट टीका ग्रहण गरेकी थिइन् । राष्ट्रपति कार्यालयमा नै १० बजेर १९ मिनेटको साइतमा भण्डारीले आमा पाण्डेको हातबाट टीका र जमरा ग्रहण गरेकी राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरू उषाकिरण, निशाकुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनीलगायतलाई टीका लगाइदिएकी थिइन् ।


प्रकाशित : कार्तिक १०, २०७७ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?