कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवलको कोरोना अस्पतालमा थप एक संक्रमितको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा शनिबार बिहान एक संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–७ का ७५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

बुटवलको कोरोना अस्पतालमा थप एक संक्रमितको मृत्यु

स्वास्थ्यमा समस्या आएपछि कात्तिक ५ गते लुम्बिनी प्रादेशिक अस्पताल पुगेका उनलाई ५ गते नै कोरोना पुष्टि भएपछि कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा शनिबार बिहान ७ः४५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । यससँगै रूपन्देहीमा कोरोनाले मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।

प्रकाशित : कार्तिक ८, २०७७ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?