कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमणबाट २४ घण्टामा थप २६ जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लाका गरी थप २६ जनाको मृत्यु भएको बुधबार पुष्टि गरेको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।

कोरोना संक्रमणबाट २४ घण्टामा थप २६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा बुधबार थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म १ लाख ४४ हजार ८७२ संक्रमितको संख्या पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाए । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको छ ।

२४ घण्टामा जम्मा २० हजार ११८ पीसीआर परीक्षण भएका छन् । हालसम्म पीसीआर विधिबाट १३ लाख ३४ हजार ८९७ परीक्षणहरु गरिएका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार ९९६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।

प्रकाशित : कार्तिक ५, २०७७ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?