कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आन्तरिक छलफलमा विवेकशील र साझा एकीकरणको प्रतिवेदन

कान्तिपुर संवाददाता

काठमाडौँ — विवेकशील नेपाली दल र साझा पार्टीबीच एकताका लागि गठन गरिएको समितिको प्रतिवेदन दुवै दलका संघीय र केन्द्रीय समितिमा प्रस्तुत गरिएको छ ।

आन्तरिक छलफलमा विवेकशील र साझा एकीकरणको प्रतिवेदन

दुवै पार्टीले संयुक्त विज्ञप्ति जारी गरेर विवेकशीलका अध्यक्ष मिलन पाण्डे र साझाका संयोजक रवीन्द्र मिश्रले राजनीतिक संवाद समितिले दुई दलबीचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू समेटिकएको ‘संयुक्त प्रतिवेदन’ आ-आफ्नो दलको संघीय र केन्द्रीय समितिमा प्रस्तुत गरेको जानकारी दिएका छन् ।

उक्त प्रतिवेदन असोज २९ गते संवाद समितिले पाण्डे र मिश्रलाई बुझाएको थियो । 'विगतमा भएका आफ्ना कमजोरीलाई स्वीकार्दै तथा जनभावनाको कदर गर्दै २०७७ असार ३१ गतेदेखि दुवै पार्टीले एकीकरण वार्ता सुरू गरेका थिए,' विज्ञप्तिमा भनिएको छ, 'उक्त प्रतिवेदनलाई दुवै पार्टीका केन्द्रीय/संघीय समितिमा छलफल र अनुमोदन गर्दै आ-आफ्नो पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा गरेपछि मात्र एकीकरणको प्रक्रियाले पूर्णता पाउनेछ ।'

पार्टी एकताका लागि गठन गरिएको संवाद समितिमा विवेशीलबाट निर्देश सिलवालले संयोजक रहेका छन् भने साझाबाट समीक्षा बास्कोटा संयोजक रहेकी छन् ।

प्रकाशित : कार्तिक ४, २०७७ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?