कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं उपत्यकामा २ हजार 'हाइ डिपेन्डेन्सी बेड' १५ दिनभित्र निर्माण गर्ने मन्त्रिपरिषद्‍को निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — सोमबार मन्त्रीपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड-१९ को संक्रमण दर बढिरहेकाले सरकारले काठमाडौंमा १५ दिन भित्रै दुई हजार तथा बढी प्रभावित जिल्लामा २०० वटा हाइ डिपेन्डेन्सी बेड बनाउने निर्णय गरिएको जानकारी दिए ।

काठमाडौं उपत्यकामा २ हजार 'हाइ डिपेन्डेन्सी बेड' १५ दिनभित्र निर्माण गर्ने मन्त्रिपरिषद्‍को निर्णय

उनले हाल कोभिड अस्पतालका रुपमा संचालनमा रहेका स्वास्थ्य संस्थाहरुमा आवश्यक सुविधा र उपकरण सहितको स्तोरन्नती गरी १५ दिन भित्र नै हाइ डिपेन्डेन्सी युनिट निर्माण गर्ने निर्णय भएको स्पष्ट पारे ।

उनले सरकारले कोरोना महामारीको रोकथाम, नियन्त्रण तथा उपचारका लागि काम गरिरहेको दाबी गरेका थिए । सबै प्रकारका कोरोना संक्रमितको उपचार सरकारले नगर्ने निर्णय सार्वजनिक भएसँगै सरकारको सर्वत्र आलोचना भइरहेको छ ।

यस्तै उनले काठमाडौँ उपत्यका लगायतका बढी प्रभावित जिल्लामा हाल प्रयोग नभएका क्वारेन्टाइन स्थललाई १५ दिन भित्र आइसोलसन सेन्टरमा स्तरोन्नति गरी विकास गर्न निर्णय भएको बताएका छन् । यसलाई कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गर्ने निर्णय भएको समेत बताए ।

प्रकाशित : कार्तिक ३, २०७७ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?