कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपाले सांसदहरूको दसैं भत्ता कोरोना कोषमा राख्ने 

कान्तिपुर संवाददाता

काठमाडौँ — चर्को विरोधपछि सत्तारुढ नेकपाले आफ्नो दलका संघीय सांसदहरुलाई दिइएको दसैं भत्ता फिर्ता गर्ने तयारी गरेको छ । नेकपाका नेता सुवास नेम्वाङका अनुसार दलले यो रकम कोरोना महामारीसँग लड्नका लागि सरकारले स्थापना गर्ने कोषमा राख्ने निर्णय गरेको छ । 

नेकपाले सांसदहरूको दसैं भत्ता कोरोना कोषमा राख्ने 

'बिहानदेखि नै दुवै सदनका दलका अधिकारीबीच छलफलमा लागेका थियौं । व्यक्तिगत रूपमा फिर्ता गर्नेभन्दा संस्थागत रुपमा गरिएको हो । कोरोना महामारीको बेला साधारण ढंगले दसैं मनाउँछौं भनेर हामीलाई आएको दसैं भत्ता सरकारले स्थापना गरेको कोरोना कोषमा राख्ने निर्णय गरेका छौं,' नेम्वाङले भने ।

नेकपा राष्ट्रिय सभाका सचेतक खिमलाल भट्टराईले दलका पदाधिकारीसँग छलफल पछि रकम कोरोना कोषमा राख्ने निर्णय भएको बताए ।

मन्त्रीहरुले पनि फिर्ता गर्ने तयारी

नेकपा स्रोतका अनुसार मन्त्रीहरुले पनि दसैं भत्ता फिर्ता गर्ने तयारी भएको छ । सोमबार साँझ पत्रकार सम्मेलन गरेर यसको घोषणा गर्ने तयारी भइरहेको एक मन्त्रीले बताए । उनका अनुसार सोमबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगति गरिएको छ ।

२०७६ को दसैंमा सरकारले सांसद र उनीहरुका स्वकीय सचिवलाई दसैं भत्ता स्वरुप एक महिनाको तलब बराबर रकम दिने निर्णय गरेको थियो । कोरोना महामारीले देश आक्रान्त भएका बेला सांसदहरुलाई भत्ता दिइएको भन्दै व्यापक विरोध भएको थियो ।

प्रकाशित : कार्तिक ३, २०७७ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?