कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा कोरोनामुक्त भएर २३ सय २६ डिस्चार्ज, थप १२ जनाको मृत्यु 

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस संक्रमण निको भएर थप २३ सय २६ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाबाट २३ सय २६ जना डिस्चार्ज भएका जानकारी दिएको हो । यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या ९२ हजार १६६ पुगेको छ । 

२४ घण्टामा कोरोनामुक्त भएर २३ सय २६ डिस्चार्ज, थप १२ जनाको मृत्यु 

यस्तै २४ घण्टाको अवधिमा देशभर गरी थप १२ जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या ७३९ पुगेको छ ।

२४ घण्टामा देशभर २९ सय ४२ जना संक्रमित थपिएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।

२४ घण्टामा १४ हजार ८७५ पीसीआर परीक्षण भएका छन् । हालसम्म कोरोना सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको छ ।


प्रकाशित : कार्तिक २, २०७७ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?