कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छिन् । राष्ट्रपति कार्यालयमा बिहीबार तीन मन्त्रीको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । 

नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अर्थमन्त्रीमा विष्णु पौडेल, सहरी विकासमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा लीलानाथ श्रेष्ठलाई सिफारिस गरेका थिए ।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतको उपस्थिति रहेको थियो ।

नवनियुक्त मन्त्रीहरूले आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित : आश्विन २९, २०७७ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?