कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा कोेरोनाबाट ९ जनाको मृत्यु, मृतककाे संख्या ६ सय ४५ पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमणबाट २४ घण्टामा थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मृतकमा २ जना महिला र ७ जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

२४ घण्टामा कोेरोनाबाट ९ जनाको मृत्यु, मृतककाे संख्या ६ सय ४५ पुग्यो

कोरोना संक्रमणबाट मृत्यु हुनेमा महिलामा काठमाडौँकी ७१ वर्षीया र चितवनकी ४० वर्षीया रहेका छन् । पुरुषमा रुपन्देहीका ७४ वर्षीय, काठमाडौँका ६३ वर्षीय, ६७ वर्षीय र ५० वर्षीय, सुनसरीका ३७ वर्षीय, ८९ वर्षीय र ९० वर्षीय रहेका छन् ।


योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ ।

प्रकाशित : आश्विन २६, २०७७ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?