कोरोनाबाट एकैदिन २२ जनाको मृत्यु- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाबाट एकैदिन २२ जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस संक्रमणबाट एकैदिन २२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा ५ महिला र १७ पुरुष रहेका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७१ जना संक्रमित थपिएका छन् ।

प्रकाशित : आश्विन २५, २०७७ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्

शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण

कान्तिपुर संवाददाता

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार राति ज्वरो आएर पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेलको पीसीआर परीक्षण गर्दा आइतबार कोभिड-१९ पोजिटिभ देखिएको उनका स्वकीय सचिव पुरन खड्काले कान्तिपुरलाई बताए ।

पाटन अस्पतालमै उपचाररत मन्त्री पोखरेलको स्वास्थ्य अवस्थामा केही सुधार भएको र उनी ज्वरोमुक्त भएको खड्काले बताए ।

यसैबीच मन्त्री पोखरेलको सचिवालयले उनीसँग सम्पर्कमा आएका सबैलाई सतर्क र सुरक्षित हुन आग्रह गरेको छ । शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : आश्विन २५, २०७७ १६:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×