कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाले भरतपुरमा वडाध्यक्षको निधन

रमेशकुमार पौडेल

चितवन — भरतपुर महानगरपालिका–२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ६९ वर्षीय तामाङको आइतबार दिउँसो साढे ११ बजे उपचारकै क्रममा मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । 

कोरोनाले भरतपुरमा वडाध्यक्षको निधन

अस्पतालले विज्ञप्तिमा जनाएअनुसार लामो समयदेखि उच्च रक्तचाप र सुगरको औषधि खाँदै आएका उनलाई ज्वरोखोकीसँगै श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

असोज १६ गते संक्रमण पुष्टि भएका तामाङ घरमै आइसोलेसनमा रहेकामा अवस्था जटिल भएपछि २३ गते अस्पताल भर्ना गरिएको भरतपुर महानगरकी मेयर रेणु दाहालले बताइन् । उनका अनुसार शनिबार दिउँसोसम्म सामान्य अवस्थामा रहेका तामाङको स्वास्थ्यस्थिति जटिल हुँदै गएपछि आइतबार बिहान भेन्टिलेटरमा राखिएको थियो ।

तामाङ गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट विजयी भएका थिए ।

प्रकाशित : आश्विन २५, २०७७ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?