३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

विद्यार्थी पनि भारततिर

कान्तिपुर संवाददाता

कञ्चनपुर — बर्दियाको गेरुवा–६ का १५ वर्षीय नरेन्द्र बीसी कक्षा–९ मा पढ्छन् । स्कुल खुलेन । उनी साथीभाइसँगै गड्डाचौकी नाका भएर कामको खोजीमा भारत पसेका छन् । उनले भने ‘घरमै बसेर दसैंतिहार मान्न पनि खर्च छैन, त्यही भएर काम खोज्न हिँडेको हो ।’

उनी गाउँलेहरूसँगै भारतको देहरादुन मन्सुरीतिर लागेका हुन् । ८ कक्षामा पढ्ने बैतडीको दोगडाकेदारका राकेश जोशी पनि गड्डाचौकी भएर साथीहरूका साथ भारत पसे । ‘अहिले स्कुल खुल्ने सम्भावना छैन, घरमा त्यत्तिकै बसेर के गर्नु ?’ उनले भने, ‘दुई/चार महिना घर खर्च जुटाएर फर्किन्छु ।’

दसैंतिहार नजिक आए पनि पढाइ नहुने भन्दै विद्यार्थीहरू भारततिर जान थालेका हुन् । कोरोना संक्रमितको संख्या दिनहुँ वृद्धि भइरहेकाले केही स्थानीय तहले सञ्चालन गरेका विद्यालय पनि बन्द हुन थालेका छन् । ‘यो शैक्षिक सत्र त्यत्तिकै जानेजस्तो छ,’ बर्दियाका करन विकले भने, ‘अब पढाइभन्दा पनि आम्दानीतिर ध्यान दिनुपर्ने भयो ।’ कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत जानेको संख्या दैनिक डेढ सय जनाभन्दा बढी छ, जसमा विद्यार्थीसमेत छन् ।

प्रकाशित : आश्विन २५, २०७७ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?