कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नोबेल अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

देवनारायण साह

विराटनगर — नोबेल शिक्षण अस्पतालमा उपचाररत सुनसरीका एक महिला र एक पुरुष गरी दुई जना कोरोना संक्रमितको शनिबार राति मृत्यु भएको छ ।

नोबेल अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

सुनसरीको दुहबी–३ की ४० वर्षीया महिला हरिनगरा-४ का ७१ वर्षीय पुरुषको मृत्यु भएको हो । मधुमेह र फोक्सोसम्बन्धी रोगले पीडित महिला उपचारका लागि असोज २० गते अस्पताल भर्ना भएपछि गरिएको स्वाब परीक्षणको पीसीआर रिपोर्ट पोजिटिभ आएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए ।

यस्तै, श्वासप्रश्वाससम्बन्धी समस्या देखिएर असोज २१ गते अस्पताल भर्ना भएका ७१ वर्षीय वृद्धको पनि स्वाब परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा शनिबार राति मृत्यु भएको उनले बताए । प्रदेश १ मा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९८ पुगेको छ ।

प्रकाशित : आश्विन २५, २०७७ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?