कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण

कान्तिपुर संवाददाता

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको छ ।

पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण

मन्त्री भट्टराईले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी शनिबार सामाजिक सञ्जालमार्फत दिएका छन् ।

सोमबार परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए पनि शुक्रबारदेखि हल्का ज्वरो आएपछि शनिबार पुनः परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको उनले बताएका छन् ।

मन्त्री भट्टराईले हालसम्म आफूलाई हल्का ज्वरो बाहेक समस्या नदेखिएको बताएका छन् । उनले आफूसँग केही दिनयता सम्पर्कमा आएका सबैलाई सतर्क रहन र कुनै समस्या देखिएमा परीक्षण गराउन अनुरोध गरेका छन् ।

प्रकाशित : आश्विन २४, २०७७ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?