कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साझा पार्टीको केन्द्रीय समिति विस्तार

कान्तिपुर संवाददाता

काठमाडौँ — साझा पार्टीले ३७ सदस्य थपेर केन्द्रीय समिति विस्तार गरेको छ । गत फागुनमा लुम्बिनीमा भएको राष्ट्रिय भेलाको निर्णयअनुसार सातै प्रदेश तथा साझा युवा संगठनबाट ३७ जना थपेर केन्द्रीय समिति पुनर्गठन गरिएको संयोजक रवीन्द्र मिश्रले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

साझा पार्टीको केन्द्रीय समिति विस्तार

उनले राजनीतिक तथा संगठनात्मक गतिविधिलाई अझ व्यापक र विस्तारित गर्दै पार्टी निर्माण अभियानलाई सुदृढ गर्न केन्द्रीय समिति पुनर्गठन गरिएको बताए । थपिएका केन्द्रीय सदस्यमा १० जना महिला रहेका छन् ।

विज्ञप्ति अनुसार नयाँ केन्द्रीय सदस्यमा महेन्द्र थापा, अमलेश कर्ण, धनपति महतो, सुमनकुमार मिश्रा, दिव्येश गिरी, मुरली मनोहर मिश्र, अनुपा श्रेष्ठ, पुष्पा सापकोटा, सुरज प्रधान, प्रदीप थापा, भूपेन्द्र बस्नेत, अमृत पुडासैनी, दीपक पौडेल, हरिप्रसाद गौतम, अर्जुनप्रसाद खनाल, नवराज थापा, हरिकृष्ण अधिकारी छन् ।

त्यस्तै इन्दिरा वाग्ले शर्मा, मधुसुदन केसी, केशबबहादुर मल्ल, सुशील राज देवकोटा, घनश्याम विश्वकर्मा, पवन मल्ल, संगीता श्रेष्ठ, लक्ष्मी शाही, दुज्जी चौधरी, घनबहादुर शाह, सरोज गौतम, प्रकाश आचार्य, पवित्र थापा, सस्मित पोखरेल, संजय बराल, आशिष रेग्मी, दिपक उप्रेती, विणा शाह, शारदा रिजाल र लक्ष्मी घिमिरेलाई पनि केन्द्रीय समितिमा जिम्मेवारी दिइएको छ ।

प्रकाशित : आश्विन २२, २०७७ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?