कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालिका बलात्कार गर्नेलाई २५ वर्ष कैद

कान्तिपुर संवाददाता

हेटौंडा — बलात्कारको कसुर प्रमाणित भएका एक युवकलाई मकवानपुर जिल्ला अदालतले २५ वर्ष कैद सजाय फैसला गरेको छ ।

बालिका बलात्कार गर्नेलाई २५ वर्ष कैद

८ वर्षीया बालिकालाई बलात्कार गरेका हेटौंडा–१५ का २८ वर्षीय जयराम रुम्बाविरुद्ध जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले अदालतले आइतबार उक्त फैसला सुनाएको हो ।

बालिकालाई क्षतिपूर्तिस्वरूप रुम्बाले १ लाख रुपैया र पीडित राहत कोषमा १ लाख रुपैयाँ जम्मा गर्न पनि अदालतले आदेश गरेको छ ।

आइतबारकै इजलासले १४ वर्षकी बालिकालाई बलात्कार गरेको कसुरमा हेटौडा—१ का सुदीप लामालाई १२ वर्ष कैद फैसला गरेको छ । उक्त घटनामा अदालतले ६ महिनाभित्र पीडितलाई पीडकबाट क्षतिपूर्तिस्वरूप १ लाख रुपैयाँ नगद उपलब्ध गराउन पनि आदेश गरेको छ ।

प्रकाशित : आश्विन २२, २०७७ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?