कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा. केसीलाई अनशन रोक्न आग्रह गरेर फर्कियो सरकारी टोली

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधारको माग राख्दै विगत २३ दिनदेखि अनशनरत डा केसीलाई भेट्न गएको सरकारी टोलीले अनशन रोक्न आग्रह गर्दै फर्किएको छ ।

डा. केसीलाई अनशन रोक्न आग्रह गरेर फर्कियो सरकारी टोली

शिक्षण अस्पतालममा अनशनरत डा केसीलाई भेट्न शिक्षा सचिवसहित ३ जनाको टोली अनशन रोक्न आग्रह गर्दै फर्किएको छ ।

उनीहरुले डाक्टर केसीलाई सरकारकोतर्फबाट हालस्म औपचारिक वार्ता टोली नबनेको पनि जानकारी दिएका छन् ।


सरकारीले टोलीलाई डाक्टर केसीले आफ्ना मागहरुमा छलफल गर्ने हो भने सरकारले आधिकारिक रुपमा वार्ता टोली बनाएर पठाउनुपर्ने अडान राख्दै उनीहरुलाई फिर्ता पठाइदिएका थिए ।

हालसम्म सरकारकोतर्फबाट डाक्टर केसीको माग सम्बोधन गर्नका लागि कुनै पहल नभएको भन्दै आलोचना भइरहेको छ ।

प्रकाशित : आश्विन २०, २०७७ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?