कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेजिडेन्ट चिकित्सकद्वारा बहिरंग सेवा बहिष्कार

अतुल मिश्र

काठमाडौँ — त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रेजिडेन्ट चिकित्सकहरुले मंगलबार बिहानदेखि बहिरंग(ओपीडी) सेवा बहिष्कार गरेका छन् ।

रेजिडेन्ट चिकित्सकद्वारा बहिरंग सेवा बहिष्कार

डा.गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई दबाब दिने उद्देश्यले आइतबारदेखि दिनहुँ दुई घण्टा इमर्जेन्सी र कोभिड–१९ बाहेकका कुनै पनि सेवामा संलग्न नभएका रेजिडेन्ट चिकित्सकहरुको सांकेतिक विरोधबार सरकारलाइ कुनै फरक नपरेपछि मंगलबारदेखि बहिरंग सेवा बहिष्कार गरेका हुन् ।

‘सरकारले हाम्रो सांकेतिक विरोधको स्वर नसुनेपछि आज(मंगलबार) बिहानदेखि बहिरंग सेवा बहिष्कार गर्नु परेको हो’, नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसन, त्रिवि शिक्षण अस्पतालका अध्यक्ष डा.सुभाष देवकोटाले भने । शिक्षणसँगै वीर र धरानका रेजिडेन्ट चिकित्सकहरुले समेत मांग पूरा नभएसमम वहिरंग सेवा बहिष्कार गर्ने उनले बर्ता । बहिरंग सेवा बहिष्कार गरे पनि इन्डोर, इमर्जेन्सी र कोभिड सेवा भने यथावत रुपमा सञ्चालन भएका छन् ।

त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान गरी ८ सय १० जना रेजिडेन्ट चिकित्सक छन् ।

डा.केसी ६ बुँदे मागसहित १९औं पटक सत्याग्रहमा बसेका छन् । २३ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

प्रकाशित : आश्विन २०, २०७७ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?