अतुल मिश्र

मिश्र कान्तिपुर दैनिकमा प्रमुख उप-सम्पादकका रुपमा कार्यरत छन् । उनी स्वास्थ्थ तथा विज्ञान विषयमा विगत २५ वर्ष देखि पत्रकारिता गरिरहेका छन् ।

अतुल मिश्रका लेखहरु :

‘१० प्रतिशत औषधि कमसल’

मुलुकमा खपत हुने औषधिमध्ये १० प्रतिशत कमसल अर्थात् ‘सब–स्ट्यान्डर्ड’ हुने गरेको पाइएको छ । पछिल्लो तीन वर्ष नेपालमा उपलब्ध औषधिको गुणस्तर जाँचपछिको नतिजाबाट यस्तो तथ्य खुलेको हो । 

फ्लुको उपचार

चिसो मौसम सुरु हुनासाथ ‘फ्लु’ अर्थात् ‘इन्फ्लुएन्जा’ले नसताउने विरलै होलान् । बोलीचालीको भाषामा ‘मौसमी रुघाखोकी’ भनिने इन्फ्लुएन्जामा खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, नाकबाट पानी बग्ने/बन्द हुने, थकाइ, जीउ दुख्नेलगायत विभिन्न लक्षण देखिन्छन् ।

बुस्टर डोजका लागि छैन खोप

कोभिडको बुस्टर डोज लगाउन एक महिला राजधानीका केही अस्पताल चहारेपछि अन्त्यमा वीर अस्पताल पुगिन् । त्यहाँ पनि बुस्टर डोज सकिएकाले उनले पाइनन् । अस्पतालले दुई–तीन सातामा पुनः सम्पर्क गर्न भन्दै उनलाई फर्काइदियो । 

फेरि कोभिड !

चीनलगायत छिमेकी देशमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । स्वास्थ्य मन्त्रालयले चीन, भारत, दक्षिण कोरिया, अमेरिकालगायतका देशमा संक्रमणमा वृद्धि भएको जनाउँदै सबै प्रवेश बिन्दुका हेल्थ डेस्क र स्वास्थ्य संस्थाले आवश्यक स्क्रिनिङ, निगरानी, सतर्कतालगायत आवश्यक तयारीका लागि सतर्क गराएको हो । 

घट्यो प्रजनन दर

सन्तानले डाँडाकाँडा ढाक्ने आशीर्वाद दिने जमाना फेरिएको छ । थोरै सन्तान जन्माउने चलनले नेपालीको प्रजनन क्षमता नै घटेको देखिएको छ । मुलुकमा पछिल्लो समय एक जना महिलाले आफ्नो जीवनकालमा औसत रूपमा दुई सन्तान मात्र जन्माउन थालेको सर्वेक्षणले देखाएको छ । साढे दुई दशकअघिको दाँजोमा मुलुकको औसत प्रजनन दर क्रमिक रूपमा आधाले घटेको हो । 

अग्ला हुँदै नेपाली

नेपालीको शारीरिक कदको औसत उचाइ निरन्तर वृद्धि भइरहेको पाइएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले यस्तो देखाएको हो । आर्थिक स्थितिसँगै पोषणका अवस्थामा आएको सुधारले पुड्कोपना घटाउन मद्दत गरेको हो । 

बुस्टर डोज लगाउने न्यून

संक्रमणको त्रासका बेला खोप नपाएर खोजी गर्ने धेरै थिए । हाल मुलुकमा कोभिडविरुद्घको पूर्ण मात्रा खोप लिएकाहरूले समयमै लिनुपर्ने अतिरिक्त मात्रा (बुस्टर डोज) लिनेहरूको संख्या भने अत्यन्त न्यून देखिएको छ ।

तीन वर्षपछि फर्कियो मौसमी रुघाखोकी

जाडोयाम सुरु हुनासाथ मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) को संक्रमण बढेको छ । कोभिड संक्रमण उत्कर्षमा रहेको समय आम व्यक्ति र चिकित्सकले खासै चासो नलिने मौसमी रुघाखोकी संक्रमितहरूलाई पुनः हैरान बनाउन थालेको छ । पछिल्लो तीन वर्षयता मौसमी रुघाखोकी संक्रमण खासै चर्चामा थिएन ।

डेंगीको जोखिम कायमै

जाडो सुरु भए पनि लामखुट्टेले सार्ने डेंगीलगायतका रोगको जोखिम कायमै रहेको चिकित्सकहरूले बताएका छन् । पछिल्लो साता उपत्यकालगायतका ठाउँमा डेंगीका बिरामीको संख्यामा कमी देखिए पनि यसको संक्रमण हुने क्रम रोकिएको छैन । बुधबारसम्म डेंगी संक्रमणले ५७ जनाको ज्यान लिइसकेको छ । 

‘कोभिड संक्रमणको जोखिम अझै छ’

कोरोनाको त्रास कम भइरहेकै बेला राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड संक्रमणका चार दिन अस्पताल भर्ना हुनु पर्‍यो । गत असार ९ गते सुरु भएको चौथो लहरका कारण ६ कात्तिक (शनिबार) सम्म करिब ४ महिनामा कोरोनाले ५८ जनाको ज्यान लिएको लिएको छ । र, अझै पनि केही संक्रमितको आईसीयूमा उपचार भइरहेको छ ।