लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

आश्विन १९, २०७७

सन्जु पौडेल

तिलोत्तमा — बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आइतबार राति मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि आइतबार बिहान लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएकी बुटवल–१३, बेलबासकी ६५ वर्षीया महिलाको राति ८ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

उनका अनुसार अस्पतालमा एक्सपर्ट इमर्जेन्सी टेस्ट किट अभाव भएकाले महिलाको पीसीआर परीक्षणका लागि आइतबार पठाइएको स्वाबको नतिजा सोमबार बिहान आएको हो ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully