कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धुलिखेल अस्पतालमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु

नगेन्द्र अधिकारी

काठमाडौँ — कोरोना पुष्टि भएका २ जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको छ ।

धुलिखेल अस्पतालमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु

बनेपा–१३ घर भएका ४६ वर्षीय पुरुषको दिउँसो साढे १२ बजे मृत्यु भएको स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए । स्वासप्रश्वासमा समस्या भएपछि उनी भदौ २८ गते अस्पताल भर्ना भएका उनी भेन्टिलेटरमा थिए ।

काठमाडौं सिनामंगल घर भएका ७७ वर्षीय पुरुषको आइतबार बिहान पौने ६ बजे मृत्यु भएको हो । उच्च रक्तचाप र प्रोस्टेटको समस्याका कारण अस्पताल भर्ना भएका उनलाई १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघि जिल्लामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भइसकेको छ । जिल्लाका ३ पुरुष र ४ महिला र जिल्लाबाहिरका २ पुरुष र २ महिलाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रकाशित : आश्विन १८, २०७७ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?