कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतद्वारा ४१ एम्बुलेन्स र ६ बस उपहार

कान्तिपुर संवाददाता

काठमाडौँ — गान्धी जयन्तीका अवसरमा भारतले नेपालका ३० जिल्लाका सरकारी तथा गैरनाफामूलक संघसंस्थालाई उपहारस्वरूप ४१ एम्बुलेन्स र ६ बस सहयोग गरेको छ । महात्मा गान्धीको १५१ औं जन्मजयन्तीका अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले एम्बुलेन्स र बसहरू हस्तान्तरण गरेका हुन् ।

भारतद्वारा ४१ एम्बुलेन्स र ६ बस उपहार

स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवं गैरनाफामूलक संघसंस्थाहरूलाई उपहार गरिएको काठमाडौंस्थित भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सन् १९९४ देखि हालसम्ममा झन्डै ८ सय २३ वटा एम्बुलेन्स उपलब्ध गराइसकेको दूतावासले जनाएको छ ।

प्रकाशित : आश्विन १६, २०७७ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?