कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भरतपुरमा उपचाररत हेटौंडाका संक्रमितको निधन

रमेशकुमार पौडेल

चितवन — भरतपुरको सरकारी अस्पतालमा उपचाररत हेटौंडाका एक कोरोना संक्रमितको शुक्रबार बिहान निधन भएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार हेटौंडा, न्युरेनीका ७८ वर्षीय ती पुरुषलाई चितवन मेडिकल कलेजको शिक्षण अस्पतालबाट बिहीबार राति १० बजे भरतपुर अस्पताल ल्याइएको थियो ।

भरतपुरमा उपचाररत हेटौंडाका संक्रमितको निधन

निमोनियाका कारण श्वासप्रश्वासमा समस्या देखिएका उनलाई भरतपुर अस्पतालले तत्कालै भेन्टिलेटरमा राखेर उपचार सुरु गरेको थियो । उनको शुक्रबार बिहान साढे ७ बजे मृत्यु भएको सूचना अधिकारी पौडेलले बताए । यससहित चितवनमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४० पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार यीमध्ये चितवनका २० जना छन् । अरू जिल्लाबाहिरबाट उपचारका लागि भरतपुर आएका संक्रमितहरू हुन् ।

प्रकाशित : आश्विन १६, २०७७ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?