कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मृत्युपछि कोरोना पुष्टि

मोहन बुढाऐर

धनगढी — सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएपछि महिलामा कोरोना पुष्टि भएको छ । कैलाली गोदावरी-१२की ३० वर्षीया महिलाको बुधबार राति नै मृत्यु भएपनि कोरोना पुष्टि बिहीबार भएको हो ।

मृत्युपछि कोरोना पुष्टि

‘बुधबार ११ बजे राति अस्पतालको इमरजेन्सी फाँटमा भर्ना भएकी महिलाको २/३ घण्टा पछि मृत्यु भएको हो,’ अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले भने । मृत्युपछि महिलाको थ्रोट स्वाब संकलन गरिएको रिर्पोट बिहिबार दिउँसो आएको श्रेष्ठले बताए । ती महिलामा श्वासप्रश्वासको समस्या देखिएको थियो ।

महिलामा कोरोना पुष्टि भएपछि सेनाले उनको शव व्यवस्थापन गरेको छ । स्वास्थ्य कार्यालय कैलालीका प्रमु ललितबहादुर धामीले मृत्युपछि कोरोना पुष्टि भएकाले सम्पर्कमा आएका व्यक्तिको पीसीआर जाँच गरिने बताए ।

३ दिन अघि मात्रै धनगढीमा एक महिलाको कोरानाबाट मृत्यु भएको थियो । योसहित धनगढी उप-महानगरपालिकामा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

प्रकाशित : आश्विन १५, २०७७ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?