कोरोनाबाट बुद्धभूमि नगरपालिकाकी ५० वर्षीया महिलाको मृत्यु- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाबाट बुद्धभूमि नगरपालिकाकी ५० वर्षीया महिलाको मृत्यु

मनोज पौडेल

कपिलवस्तु — कोरोना संक्रमणबाट बुद्धभूमि नगरपालिका–१ पत्थरकोटकी एक महिलाको मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उनी असोज ४ गते भैरहवास्थित युनिभर्सल मेडिकल कजेल अस्पतालमा पुगेकी थिइन् ।

स्वाब संकलन गरी परीक्षण गर्दा उनलाई ५ गते कोरोना पुष्टि भएको थियो । त्यहीँ उपचार गराइरहेकी ५० वर्षे महिलाको बुधबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए । अस्पतालका अनुसार ती महिला मधुमेह र उच्च रक्तचापको बिरामी थिइन् । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेकोछ ।


प्रकाशित : आश्विन १४, २०७७ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्

रुकुमकोटमा निषेधाज्ञा हट्यो

हरि गौतम

रुकुमपूर्व — जिल्लाको अस्थायी सदरमुकाम रुकुमकोटमा तीन सातादेखि जारी निषेधाज्ञा हटेको छ । जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैठकले बुधबार बिहानैदेखि लागू हुने गरी निषेधाज्ञा हटाएको हो ।

सिस्ने गाउँपालिकाको ५ र ६ नम्बर वडामा पर्ने रुकुमकोटमा दुईपटक गरी तीन साता निषेधाज्ञा जारी गरिएको थियो । कोरोना संक्रमितहरू बढ्दै गएपछि पछिल्लो पटक असोज १३ गते राति १२ बजेसम्मलाई निषेधाज्ञा गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी राजकुमार राईले स्वास्थ्य मन्त्रालयले तोकेका मापदण्ड पालना गर्दै दैनिक कामकाज गर्ने गरी तत्काललाई निषेधाज्ञा हटाइएको बताए । उनका अनुसार मापदण्ड पालना गरे/नगरेको निगरानी गरी नटेर्नेलाई कारबाही गरिनेछ । मापदण्ड पालना नगरेको पाइए संक्रामक रोगअन्तर्गत मुद्दा चलाइने उनले बताए । हालसम्म जिल्लामा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले ३८ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित : आश्विन १४, २०७७ १२:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×