कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा.केसीको स्वास्थ्य जटिल बन्दै, आईसीयू आवश्यक पर्नसक्ने

अतुल मिश्र

काठमाडौँ — १५ दिनदेखि अनशनरत प्रा.डा.गोविन्द केसीमा देखिएको स्वास्थ्य जटिलताको तुरन्त व्यवस्थापनसँगै आईसीयूमा तत्काल स्थानान्तरण गर्नु पर्न सक्ने देखिएको छ ।  

डा.केसीको स्वास्थ्य जटिल बन्दै, आईसीयू आवश्यक पर्नसक्ने

डा. केसीको उपचारमा संलग्न स्वास्थ्य टोलीका संयोजक प्रा.डा.सुवासप्रसाद आचार्यले केसीको स्वास्थ्य जटिलताको तुरन्त व्यवस्थापनसँगै आईसीयूमा तत्काल स्थानान्तरण गर्नु पर्ने आवश्यकता पर्नसक्ने देखिएको बताए ।

डा.केसीलाई बारम्बार छाती दुखाइ, बीचबीचमा रोकिएर धड्कन बिग्रने, मांसपेशी बाउँडिने, थकाइ र पटकपटक चक्करको समस्या देखिएको छ । उनको रक्त परीक्षणमा सेतो रक्त कणिकाको संख्या धेरै कम देखिएको छ । यस्तै ब्लड सुगरमा कमीसँगै सोडियम, पोटासियम, म्याग्नेसियम, क्याल्सियम, फोस्फोरस जस्ता इलेक्ट्रोलाइटसमेत कम देखिएको छ ।

डा.आचार्यका अनुसार रक्तबाहिनी नलीमा आपत्कालीन पहुँच कायम राख्न डा. केसीलाई नर्मल स्लाइन दिइराखिएको छ । तर अन्य तरल पदार्थ र इलेक्ट्रालाइट लिन उनले अस्वीकार गरेका छन् । जुम्लामा १९ औं सत्याग्रह थालेका डा.केसी ६ दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका हुन् ।

प्रकाशित : आश्विन १२, २०७७ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?