कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सीमा अध्ययनमा विज्ञ खटाऊ’

कान्तिपुर संवाददाता

हुम्ला — हुम्लाका राजनीतिक दलले नेपाल–चीन सीमा अध्ययन गर्नका लागि विज्ञ टोली पठाउन नेपाल सरकारसँग माग गरेका छन् । सिमकोटमा शनिबार भएको सर्वदलीय बैठकले यस्तो माग गरेको हो ।

१२ नम्बर सीमास्तम्भ नजिकै रहेको ललुङजोङ क्षेत्रमा चीनले संरचना बनाएपछि उक्त क्षेत्र कहाँ पर्छ भन्नेबारे विज्ञ टोलीले अध्ययन गर्नुपर्ने यहाँका अगुवाहरूको भनाइ छ ।

बैठकमा कांग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही, नेकपा केन्द्रीय सदस्य विजय भण्डारी, हुम्लाबाट प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा, कांग्रेस जिल्ला सभापति जयपति रोकाया, समाजवादीका केन्द्रीय सदस्य वीरजंग शाहीलगायत सहभागी थिए ।

स्थानीयवासीले सीमा मिचेर घर बनाएको गुनासो गरिरहेकाले यसको वास्तविकता अध्ययन गरेर जनतालाई विश्वस्त बनाउनुपर्ने बैठकले माग गरेको छ । यसका साथै प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोली बिहीबार साँझै सिमकोट फर्के पनि त्यहाँको अवस्था लुकाइएकाले वास्तविकता सार्वजनिक गर्न पनि दलहरूले माग गरेका छन् ।

प्रकाशित : आश्विन १०, २०७७ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?