कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सशस्त्रको गुल्म शिलान्यास गर्न गृहमन्त्री थापा छाङरु प्रस्थान

मनोज बडू

दार्चुला — गृहमन्त्री रामबहादुर थापा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न व्यास गाउँपालिकाको छाङरु प्रस्थान गरेका छन् । उनी नेपाली सेनाको हेलिकप्टरमार्फत शुक्रबार दिउँसो उक्त क्षेत्र गएका हुन् ।

सशस्त्रको गुल्म शिलान्यास गर्न गृहमन्त्री थापा छाङरु प्रस्थान

सशस्त्र प्रहरी बल गुल्म नम्बर ५० को भवन शिलान्यास गर्न गृहमन्त्री थापा छाङरु गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गृहमन्त्रीसँगै त्रिदेशीय सीमा क्षेत्र छाङरु जानेमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, गृहसचिव महेश्वर न्यौपाने, गृह मन्त्रालयका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत छन् । दिउँसो साढे १२ बजे दार्चुला पुगेको गृहमन्त्रीको टोली १० मिनेटपछि छाङरु प्रस्थान गरेको हो ।

असार २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मलाई व्यास गाउँपालिका–१ छाङरुमा सार्ने निर्णय गरेको थियो ।

प्रकाशित : आश्विन ९, २०७७ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?