कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुगुमा सीमास्तम्भ निरीक्षण गर्न सरकारी टोली चीनतर्फ

राजबहादुर शाही

मुगु — नेपाल–चीन सीमामा गाडिएका सीमास्तम्भको स्थलगत निरीक्षण गर्न मुगमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामा नेतृत्वको टोली सीमातर्फ गएको छ । टोलीले सीमा क्षेत्रका समस्याबारे चिनियाँ अधिकारी र स्थानीयसँग छलफल गर्नेछ ।

टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीसहित सुरक्षा निकायका प्रतिनिधि गरी १४ जना सहभागी छन् । टोलीले सीमास्तम्भबारे सत्यतथ्य प्रतिवेदन पेश गर्ने प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए ।

उनका अनुसार मुगु–चीन सीमानामा १३ नम्बरको सीमास्तम्भ गाडिएको छ । ‘टोलीले तिब्बती जनप्रतिनिधिसँग भेटेर सीमा सुरक्षाबारे आवश्यक छलफल गर्नेछ,’ उनले भने, ‘दुई देशका प्रतिनिधिले सीमा क्षेत्रका समस्याबारे पनि अनुभव साटासाट गर्नेछन् ।’ गमगढीदेखि हिँडेको टोलीलाई चीन सिमानामा पुग्न ४ दिन र फर्कन ४ दिन लाग्ने उनले जानकारी दिए ।

चीनतर्फ खटिएको टोलीले मुगुगाउँमा सशस्त्र प्रहरीको क्याम्प स्थापनाका लागि जग्गाको टुंगोसमेत लगाउने प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । उनका अनुसार जग्गाको टुंगो लाग्नासाथ सदरमुकामबाट सुरक्षाकर्मीको टोली पठाइनेछ । सीमामा सुरक्षा बल नहुँदा प्रहरी चौकी, मुगुगाउँको टोलीले सामान्य सुरक्षाको काम मात्रै गर्दै आएको छ ।

प्रकाशित : आश्विन ८, २०७७ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?