कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाउन्नेमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध

नारायण शर्मा

नवलपरासी — पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । बुधबारदेखिको अविरल झरीले दाउन्नेका दर्जनौं स्थानमा पहिरो गएका छन् ।

दाउन्नेमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दाउन्ने पहाडको ध्युखोलादेखि पश्चिमतर्फ धेरै स्थानमा पहिरो गएका कारण राजमार्ग अवरुद्ध भएको हो । दुम्कीवास र बर्दघाटमा सयौं गाडी रोकिएका छन् ।

झरीले पहिरो पन्छाउन गरिएको प्रयास सफल भएको छैन । ‘जति हटायो उति माथिबाट पहिरो खसेको खस्यै छ,’ जाममा फसेका बस चालक इन्द्र चापागाईंले भने, ‘पानी नरोकिएसम्म राजमार्ग खुल्न मुस्किल छ ।’ दाउन्ने सडकखण्डका दर्जनौं स्थानमा पहिरो झरेका कारण यात्रा जोखिमपूर्ण बनेको उनले टेलिफोनमा जानकारी दिए ।

प्रकाशित : आश्विन ८, २०७७ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?