२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

वीर अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित कैदीको पोस्टमार्टम गरिने

काठमाडौँ — वीर अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित कैदी रामलखन जैसवालको पोस्टमार्टम गरिने भएको छ ।

वीर अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित कैदीको पोस्टमार्टम गरिने

मृतक जैसवालको विषयलाई लिएर सामाजिक सञ्जालमा अफवाह फैलाइएको भन्दै अस्पताल र कारागार व्यवस्थापनले बुधबार पत्रकार सम्मेलनमा सत्य तथ्य पोस्टमार्टम रिपोर्टपछि आउन बताएका हुन् ।

अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरी र केन्द्रीय कारागार सुन्धाराका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले संयुक्त विज्ञप्ति निकाल्दै कारागारभित्र वा अस्पतालमा हत्या गरिएको, आँखा निकालिएको, चोटपटक लाएको, घाँटी काटिएको जस्ता समाचारहरु भ्रामक भएको बताएका छन् । उनीहरुले त्यस किसिमका सूचनाहरुमा यथार्थ नभएको र कारागारभित्रको सीसीटीभी फुटेजबाट कारागारभित्र हत्या भएको भन्ने तथ्य गलत सावित भइसकेको र बाँकी रिपोर्ट पोस्टमार्टमपश्चात् आउने बताएका छन् ।

बुटवल घर भएका मृ‌तक जैसवाल पार्किङ्सन र प्रेसरसम्बन्धी दीर्घ रोगी भएको र असोज ३ गते राति पौने १० बजे श्‍वासप्रश्वासमा समस्या भएपछि केन्द्रीय कारागार अस्पतालमा उपचारका लागि पठाइएको विज्ञप्तिमा उल्लेख छ । त्यहाँबाट जैसवाललाई वीर अस्पताल रेफर गरिएको जेलर बाँस्कोटाले बताए ।

वीर अस्पताल ल्याउँदा जैसवाल जीवित रहेको कुनै चिह्‍न नदेखिएकाले मृत घोषणा गरिएको वीरका निर्देशक सेन्चुरीले बताए । मृतकको पोस्टमार्टमका लागि कोरोना परीक्षण गर्नुपर्ने भएकाले असोज ५ गते पोजिटिभ रिपोर्ट आएको उनले बताए ।

३ दिनदेखि शवगृहमा रहेकाले शवमा सड्ने र गल्ने प्रक्रिया सुरु हुँदा शवमा फोकाहरु रहेको, सुन्निएको र मुख र नाकबाट तरल पदार्थ निस्किको र रेफ्रिजिरेटरमा नराख्दा यस्तो अवस्था देखिएको उनले बताए ।

यो पनि

वीर अस्पतालमा मृत्यु भएको कोरोना संक्रमित कैदीको घटना के हो ?

प्रकाशित : आश्विन ७, २०७७ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?