कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखराबाट वन्यजन्तुको आखेटोपहारसहित एक जना पक्राउ

लालप्रसाद शर्मा

पोखरा — विभिन्न वन्यजन्तुको आखेटोपहारसहित प्रहरीले मंगलबार साँझ धादिङको गल्छी गाउँपालिका–४ का २८ वर्षीय सन्तोष लामिछानेलाई पक्राउ गरेको छ । आखेटोपहारको अवैध ओसारपसार र कारोवार हुदै गरेको सूचनाका आधारमा उनलाई पोखरा–३१ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पोखराबाट वन्यजन्तुको आखेटोपहारसहित एक जना पक्राउ

कास्की जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको टोलीले सिसुुवाबाट वनपोखरीतर्फ जाने क्रममा प्रदेश नं.३–०२–०११ प ७८०६ नम्बरको मोटरसाकलमा जेब्रा झोलामा लुकाइराखेको अवस्थामा सामान बरामद भएको हो ।

कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार लामिछानेको साथबाट चितुवाको छाला १, सालकको खपेटा १, वन्यजन्तुको हाड, खुट्टा तथा पंजा ३ कलिो ७ सय ५० ग्राम बरामद भएको छ । उनलाई थप अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय कास्कीमा पठाइएको छ ।

डिभिजनल वन अधिकृत केदार बरालले लामिछानेलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु ऐन २०२९ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको बताए । ‘बरामद भएका आखेटोपहार परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाउँछौं,’ उनले भने, ‘त्यसपछि जिल्ला अदालतमा मुद्दा पेस गर्छौं ।’ उनका अनुसार प्रारम्भिक अनुसन्धानका लामिछाने वन्यजन्तुको अवैध व्यापारमा संलग्न व्यक्ति हुन् ।

प्रकाशित : आश्विन ७, २०७७ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?