२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

सप्तरीमा कोरोना संक्रमित महिलाको मृत्यु

अवधेशकुमार झा

राजविराज — सप्तरीमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । विष्णुपुर गाउँपालिका ३ की ६२ वर्षीया महिलाको आइतबार साँझ मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले जानकारी दिए । 

सप्तरीमा कोरोना संक्रमित महिलाको मृत्यु

गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख डा. रन्जितकुमार झाका अनुसार असोज २ गते श्वासप्रश्वास सम्बन्धी समस्याका कारण उपचारार्थ ती महिला अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी थिइन् । सोही दिन उनको स्वाब लिइएको थियो । आइतबार साँझ उनको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पतालबाट साइकृष्ण मेडिकल कलेजको आइसोलेसन लगिएको थियो । एम्बुलेन्सबाट ओर्लेर आईसोलेसन कक्षतर्फ लग्ने क्रममा उनको मृत्यु भएको मेडिकल सुपरिटेन्डेन्ट डा. झाले जनाए । सप्तरीमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १० पुगेको छ ।

जिल्लामा हालसम्म १ हजार २ सय १ जना कोरोना संक्रमित भएकोमा ८ सय २ जना निको भएर घर फर्किइसकेका छन् ।


प्रकाशित : आश्विन ४, २०७७ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?