कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महामारीले कम विकसित, भूपरिवेष्ठित र साना टापु मुलुकहरु खतरामा : प्रधानमन्त्री ओली 

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीले कम विकसित (एलडीसी), भूपरिवेष्ठित कम विकसित (एलएलडीसी) र  साना सामुद्रिक टापु (एसआईडी) का मुलुक खतरामा परेको बताएका छन् ।

महामारीले कम विकसित, भूपरिवेष्ठित र साना टापु मुलुकहरु खतरामा : प्रधानमन्त्री ओली 

संयुक्त राष्ट्र संघको ७५औं महासभाअन्तर्गत दिगो विकास लक्ष्यको अवस्था–२०२० को बारेमा भएको उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले एलडीसी, एलएलडीसी र एसआईडी मुलुकहरुमा आर्थिक, राजस्व संकलन, बढ्दो सार्वजनिक खर्च, बढ्दो गरिबी र बेरोजगारीका कारण गम्भीर असर परेको बताएका हुन् ।

कार्यक्रमपछि शुक्रबार न्युयोर्कमा रहेको राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले जारी गरेको विज्ञप्तिअनुसार ओलीले अहिलेको अवस्थामा दिगो विकासका लक्ष्यको प्रभावको महसुस गर्दै अहिलेको अवस्थामा यसलाई अगाडि बढाउनेभन्दा पनि विश्वमा लगातार रुपमा सबैतिर छरिएर सहयोग गर्न आवश्यक छ ।

ओलीले दिगो विकासको लक्ष्य नेपालको विकास सोचको केन्द्रमा रहेको बताए । उनले गरिबी निवारण, खाद्य सुरक्षा, शिक्षा, लैंगिक समानता, आधारभूत सरसफाइ र ऊर्जाको पहुँचको बारेमा पनि आफ्नो भनाइ राखेको विज्ञप्तिमा उल्लेख छ

उक्त कार्यक्रममा २२ मुलुकका राज्य तथा सरकार प्रमुखहरुले सहभागिता जनाएका थिए । साथमा विभिन्न क्षेत्रीय संगठन, दिगो विकास लक्ष्यका बारेमा वकालत गर्ने व्यक्तिहरु र राष्ट्र संघका उच्च पदाधिकारहरुको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित : आश्विन ३, २०७७ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?