कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संविधान दिवसका अवसरमा अन्तर्राष्ट्रिय समुदायबाट शुभकामना 

काठमाडौँ — नेपालको संविधान दिवस र ‘राष्ट्रिय’ दिवसका अवसरमा अन्तर्राष्ट्रिय समुदायले शुभकामना सन्देश पठाएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका दुई छिमेकी भारत र चीनसहित विभिन्न मुलुकका सरकार प्रमुखहरुले शुभकामना सन्देश पठाएका छन् ।

संविधान दिवसका अवसरमा अन्तर्राष्ट्रिय समुदायबाट शुभकामना 

त्यस्तै शुभकामना सन्देश पठाउने अन्य मुलुकहरुमा बंगलादेश, बेल्जियम, भुटान, ब्राजिल, क्यानडा, क्युबा, इजिप्ट, फ्रान्स, होली सी, दक्षिण कोरिया, उत्तर कोरिया, लक्जेम्बर्ग, माल्दिभ्स, म्यानमार, नेदरल्यान्ड्स, निकारागुवा फिलिपिन्स, पोल्यान्ड, कतार, रुस, साउदी अरेबिया, थाइल्यान्ड, टर्की, श्रीलंका र स्विजरल्यान्ड रहेका छन् ।

यस्तै, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेले पनि शुभकामना सन्देश पठाएको परराष्ट्रले जनाएको छ ।

प्रकाशित : आश्विन ३, २०७७ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?