कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२ सय ८९ कैदीको सजाय मिनाहा गर्न सिफारिस

काठमाडौँ — सरकारले २ सय ८९ जना कैदीको सजाय मिनाहा गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । संविधान दिवस–२०७७ को अवसर पारेर सरकारले देशभरका कारागारमा रहेकामध्ये ५० प्रतिशत सजाय भुक्तान गरिसकेका, असल चालचलन भएका र नेगेटिभ अपराधको सूचीमा नपरेका २ सय ८९ जना कैदीको बाँकी सजाय मिनाहा गर्न सिफारिस गरिएको गृह मन्त्रालय स्रोतले जानकारी दियो ।

२ सय ८९ कैदीको सजाय मिनाहा गर्न सिफारिस

शनिबार संविधान दिवस मनाइँदै छ । हरेक वर्ष संविधान दिवस, प्रजातन्त्र दिवस, गणतन्त्र दिवस अवसर पारेर मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट कैदीलाई सजाय मिनाहा गर्न सकिने प्रावधान छ ।

गृह स्रोतले दिएको जानकारी अनुसार व्यक्ति हत्या र आगजनीको कसुरमा अदालतबाट दोषी ठहर भई डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका प्रतिनिधि सभाका लागि कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद रेशम चौधरीको सजाय माफी दिन जनता समाजवादी पार्टी (जसपा)ले गरेको लिखित आग्रहलाई सरकारले अस्वीकार गरेको छ ।

‘जनता समाजवादी पार्टीका तर्फबाट सांसद रेशम चौधरीको सजाय मिनाहा गर्न लिखित प्रस्ताव आएको थियो तर उहाँको हकमा अहिले सजाय माफी मिनाहा गर्न सकिँदैन, कानुनले मिल्दैन,’ स्रोतले भन्यो, ‘अरु २ सय ८९ जनाको मात्रै सजाय मिनाहाको सूचीमा राखिएको छ ।

प्रकाशित : आश्विन २, २०७७ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?