कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रहरी हिरासतमा भएका मृत्युबारे अध्ययन गर्न संसदीय उपसमिति गठन

जयसिंह महरा

काठमाडौँ — पछिल्लो समय मुलुकका विभिन्‍न जिल्लामा प्रहरी हिरासत भएकामा व्यक्तिहरूको मृत्युबारे अध्ययन तथा छानबिन गर्न प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिले उपसमिति गठन गरेको छ । 

प्रहरी हिरासतमा भएका मृत्युबारे अध्ययन गर्न संसदीय उपसमिति गठन

समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले देशका विभिन्न प्रहरी कस्टडीमा भएको मृत्युको विषयमा हत्या वा कसरी गैरन्यायिक हत्या भयो भन्‍ने सम्बन्धमा अध्ययनका लागि समिति बनाउने निर्णय गरेको हो ।

समिति सभापति कृष्णभक्त पोखरेलले बिहीबार ५ सदस्यीय उपसमिति गठन गरिएको जानकारी दिए । उनका अनुसार समितिमा रहने सांसदहरूको नाम दलका प्रमुख सचेतकहरूसँग सल्लाह गरेर तोकिने छ ।

सभापति पोखरेलले भने, 'प्रहरी हिरासतमा कसरी गैरन्यायिक हत्या भयो भन्ने सम्बन्धमा यथार्थ छानबिन गर्न ५ सदस्यीय समिति बनाउने र कार्यक्षेत्र अनुसार रौतहट लगायत जिल्लामा समिति पठाउने निर्णय भएको छ ।' समितिमा अध्ययन रिपोर्ट छिटोभन्दा छिटो बुझाउने गरी उपसमितिलाई कार्यादेश तोकिएको उनले बताए ।

यस्तै बैठकले मानव अधिकार संरक्षण र संवर्द्धनका लागि संविधानले नै परिकल्पना गरेका महिला आयोग, समावेशी आयोग, दलित आयोग लगायतलाई यथाशीघ्र पूर्णता दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

प्रकाशित : आश्विन १, २०७७ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?