कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असोज ४ गतेदेखि उपत्यकाका तीनवटै प्रशासनले नियमित सेवा सुरु गर्ने

काठमाडौँ — उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले असोज ४ गतेदेखि नियमित सेवा सुरु गर्ने भएका छन् । कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि भन्दै साउन २५ गतेदेखि स्थगित गरिएका नियमित सेवाहरु असोज ४ गतेदेखि सुरु गरिने भएको हो ।

असोज ४ गतेदेखि उपत्यकाका तीनवटै प्रशासनले नियमित सेवा सुरु गर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेका मापदण्ड अपनाई अर्को व्यवस्था नभएसम्मका लागि प्रत्येक सेवामा दैनिक २० जनाभन्दा बढी सेवाग्राही नबढ्ने गरी व्यवस्था मिलाइएको प्रशासन कार्यालयहरुले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भएको छलफलअनुसार तीनवटै प्रशासन कार्यालयले एउटै ढाँचामा सेवा दिने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

प्रशासनले तोकेको बार मिलाएर मात्र कार्यालय आउन पनि सूचनामा सेवाग्राहीलाई आग्रह गरिएको छ । नागरिकता र नाबालक परिचय पत्र बनाउने हकमा सेवाग्राही र सनाखत गर्ने थप एक जना मात्र कार्यालय आउन पनि आग्रह गरिएको छ । सेवाग्राहीलाई अनिवार्य रुपमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न पनि प्रशासनले आग्रह गरेको छ ।

सेवाग्राहीले सेवा लिन आउँदा मास्क अनिवार्य रुपमा लगाउनुपर्ने र कार्यालय परिसरमा स्यानिटाइजर प्रयोग गर्न वा अनिवार्य रुपमा हात धोएर मात्र सेवा लिनुपर्ने पनि सूचनामा उल्लेख छ । मास्क नलागाई कार्यालय परिसरभित्र प्रवेश गरे संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने पनि प्रशासनले निकालेको सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचना हेर्नुहोस्

प्रकाशित : आश्विन १, २०७७ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?