कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाबाट काठमाडौं र रामेछापका एक/एक जनाको मृत्यु

काठमाडौँ — कोरोनाबाट काठमाडौं र रामेछापका एक/एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । 

कोरोनाबाट काठमाडौं र रामेछापका एक/एक जनाको मृत्यु

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौ ३० गते उनीहरुको ललितपुरका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

भदौ २९ गते सुमेरु अस्पतालमा भर्ना भएकी काठमाडौंकी ८१ वर्षीया महिलाको मंगलबार मृत्यु भएको हो ।

यस्तै,निदान अस्पतालमा उपचाररत रामेछापका ३६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनी भदौ २४ गते अस्पतालमा भर्ना भएका थिए ।

प्रकाशित : भाद्र ३१, २०७७ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?