कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाबाट थप ८ को मृत्यु, मृतकको संख्या ३७९ पुग्यो

काठमाडौँ — कोरोना संक्रमणबाट २४ घन्टामा थप ८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयले बुधबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ४ जना महिला र ४ जना पुरुष रहेको बताए ।

कोरोनाबाट थप ८ को मृत्यु, मृतकको संख्या ३७९ पुग्यो

मृतक महिलामा बाराकी ४६ वर्षीया, काभ्रेपलान्चोककी ५५ वर्षीया, काठमाडौंकी ७१ वर्षीया र ७४ वर्षीया रहेका छन् ।

कोरोना संक्रमणले सुनसरीका ७० वर्षीय, सप्तरीका ३५ वर्षीय, काभ्रेपलाञ्चोकका ४१ वर्षीय र कास्कीका ७० वर्षीय पुरुषको मृत्यु भएको हो । मृत्यु हुने नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ३७९ पुगेको छ ।


प्रकाशित : भाद्र ३१, २०७७ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?